आषाढ़-१५-२०७४

स्थानीय तहको निर्वाचनमा भाग लिन मधेसी मोर्चालाई सत्ता साझेदार दलहरुको आग्रह

  • स्थानीय तहको निर्वाचनमा भाग लिन मधेसी मोर्चालाई  सत्ता साझेदार दलहरुको आग्रह

८ बैशाख ,काठमाडौं । शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संबिधान संसोधन र स्थानीय तहको निर्वाचनका बिषयमा छलफल गर्न  बसेको सत्तारुढ दलहरु र मधेसी मोर्चाको बैठकमा सत्तामा सहभागीदलहरुले मोर्चालाइ निर्वाचनमा भाग लिन आग्रह गरेका हुन ।जवाफमा मोर्चाका नेताहरुले सरकारले पछिल्लो पटक ल्याएको नयाँ संबिधान संसोधन प्रस्ताव परिमार्जन सहित पास गरिए निर्वाचनमा भाग लिने जबाफ दिएका थिए ।

 

बैठकमा मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मुख्य चासो भएको भन्दै सरकारद्वारा प्रस्तुत प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षमान पुन, मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी रहेका थिए । संशोधन विधेयकलाई परिमार्जन कसरी गर्ने, संशोधन विधेयक कसरी पारित गर्ने र चुनाव कसरी गर्ने भन्ने बिषयलाइ टुंगो लगाउन सत्तारुढ दलहरु र मोर्चाको बैठक आज साँझ पुन बस्ने भएको छ ।

By:

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News