आषाढ़-१५-२०७४

कपिलवस्तुमा वन विनाश बढ्दो

  • कपिलवस्तुमा वन विनाश बढ्दो

८ बैशाख ,कपिलवस्तु । शम्भू माली । कपिलवस्तुमा साझेदारी वन विनाश भएको गुनासो सुरु भएको छ । राजनीतिक संरक्षणकै आडमा वन विनास भएको स्थानीयले आरोप लगाउँदै आएका छन् । स्थानीयले एक नेताकै आडमा दुई बर्षदेखि संरक्षित बिरुवा काटिएको आरोप लगाएका छन् । जिल्लाको कपिलवस्तु साझेदारी वन क्षेत्रमा अतिक्रमण हटाएर तारवार गरि बृक्षारोपण गरिएको क्षेत्रमा दुई बर्षदेखि हुर्काइएको बिरुवा काटिएको हो ।

 

सदरमुकामको व्यापारीक क्षेत्रको रुपमा रहेको चन्द्रौटा बजारको मुख्य राजमार्ग देखि १ किलो मिटरकै दुरीमा रहेको एक साझेदारी वनमा बिरुवा काटिएको छ । बृक्षारोपण गरिएको क्षेत्रमा बिरुवा काटिएको सुचनाका आधारमा स्थलगत अवलोकनमा चैत्र २८ गते राती ४ सय २८ अर्जुन जातका बिरुवा काटिएको फेला परेको छ । बिगतमा साझेदारी वनको अगुवाईमा त्यहा अतिक्रमण गरि बसेका ८४ परिवारलाई अन्यत्र सारेर २०७१ साल अषाढमा साढे २४ हेक्टर क्षेत्रमा बृक्षारोपण गरिएको थियो । देशैभरमै सबै भन्दा बढि अतिक्रमण हटाउन सफल भएर उदाहरणीय बनेको कपिलवस्तु साझेदारी वनले हाल सम्म करिब १ सय ७५ हेक्टरमा गरिएको अतिक्रमण हटाएर बृक्षारोपण गर्दै आएका बेला बिरुवा काटिए पनि समितीका पदाधिकारी निराश बनेका छन ।

२० गाबिसका उपभोक्तालाई वनको उपभोक्ता बनाउने उद्धेश्यले साझेदारी कामगर्दै आएकोमा कुनै पनि राजनैतिक आवरणमा वन क्षेत्रको बिरुवा मास्ने कार्यलाई निरुत्साहित गर्न सबैको सहयोग आवश्यक रहेको कपिलवस्तु साझेदारी वनका संयोजक गंगेश तिवारीले बताए । स्थानिय राजनीतिक कार्यकर्ता जगतमान केसीले बिगतमा अतिक्रमणकारीलाई वनले निशर्त नछोडे वन सखाप पार्ने र सुकुम्बासी बसाली दिने चेतावनी दिएको गणेश तिवारीले गुनासो गरे ।

चैत्र २८ गते वनकाबिरुवा काटे पछि दुई अतिक्रमणकारीलाई नियन्त्रणमा लिईएको सेक्टर वनकार्यालय चन्द्रौटाका बरिष्ठ वनअधिकृत रामहरी सेढाईले जानकारी दिए । उनलाई नियन्त्रणमा लिए सगै स्थानिय राजनैतिक दलका प्रतिनिधीले दुबै आरोपी निशर्त छोडनु पर्ने भन्दै सेक्टर वनकार्यालयमा डेलिगेशन आएको बताए । कानुनी राज्य भन्दा माथीनहुने बताउदै आफुले वन क्षेत्रको तारबार हटाउने भनेर चुनौतीदिएको बिषयमाकुनै सत्यता नभएको जनाए ।

By:

2 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!