आषाढ़-१५-२०७४

कमल थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति गठन

  • कमल थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति गठन

८ बैशाख काठमाडौं । शुक्रवार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कमल थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति बनाएको हो ।समितिमा वरिष्ठ नेताद्वय लोकेन्द्रबहादुर चन्द र पशुपति शमशेर जबराका साथै दिपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे, रामचन्द्र राय, ध्रवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डाक्टर धवलशम्शेर राणा र सुनिल बहादुर थापा छन् ।यस्तै जयन्त चन्द, नवराज सुवेदी, बालाराम घर्तीमगर र हरिबहादुर बस्नेत पनि कार्यसम्पादन समिति रहेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनु भयो ।


यस्तै राप्रपाले पार्टीको घोषणापत्रलाई परिमार्जन सहित पारित गर्ने र ११ गते सार्वजनिक गरिने निर्णय गरेको छ । बैठकले मधेस केन्द्रित दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार र प्रमुख दलहरुलाई आह्वान गरेको छ । आन्दोलनमै भए पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेस केन्द्रित दलहरुलाई आग्रह गरेको राप्रपाले जनाएको छ ।

By:

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News