आषाढ़-१५-२०७४

मधेसका जिल्लाहरुमा पनि अवरोध छैन: निर्वाचन आयोग

  • मधेसका जिल्लाहरुमा पनि अवरोध छैन: निर्वाचन आयोग

८ बैशाख ,काठमाडौं । स्थानीय तहको निर्वाचनको काममा कहीँ कतै बाधा अवरोध नभएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयुक्त इला शर्माले देशभर नै निर्वाध रुपमा निर्वाचनको तयारी भइरहेको बताउनुभएको हो । आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त शर्माले तराई मधेसका जिल्लाहरुमा समेत निर्वाचनको काममा अवरोध गर्ने खालका कुनै पनि गतिविधि नभएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनमा मधेस केन्द्रित सबै राजनीतिक दल सहभागी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

 

मधेस केन्द्रित दलहरुले पनि निर्वाचनलाई सफल बनाउन सहयोग गरिरहेको उहाँको भनाइ थियो ।निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याउने कामलाई तीव्रता दिएको छ । मतदाता परिचय पत्र छपाईको काम पनि केही दिन भित्रै सकिने बताइएको छ ।

By:

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News