आषाढ़-१५-२०७४

बिराटनगर शहर अस्तव्यस्त

  • बिराटनगर शहर अस्तव्यस्त

८ बैशाख ,बिराटनगर ।  विकासले निम्त्याउने जोखिमबारे पूर्वतयारी नगरी चौतर्फी रुपमा  निर्माणको कामगरिदा अहिले विराटनगर सहर अस्तव्यस्त र कुरुप बनेको छ । विराटनगर उपमहानगरपालिका भित्र चौतर्फी रुपमा भईरहेको सडक तथा ढल निर्माण कार्यले शहर अस्तव्यस्त बनेको छ ।

देशकै देस्रो ठुलो शहरका रुपमा चिनिने विराटनगर शहरले खल्डाखुल्डी, धुल्यामै र अस्तवस्त शहरमा परिणत भएको छ । विराटनगर–धरान ६ लेन सडक बिस्तार आयोजना र मझौला शहर एकीकृत सहरी वातावरणीय परियोजना अन्तर्गत उपमहानगरभित्र एकै साथनिर्माण भईरहेको सडक तथा ढलले नगरलाई  प्रदुशित तथा र्दुघटना जोखिमयुक्त वनाईरहेको छ । कोशी राजमार्ग अन्र्तगत विराटनगरदेखि धरानसम्म अहिले ठाउँठाउँमा स्काईभेटरले थुपारेको माटोको  डिस्कोले सडक अवरुद्ध पारेको छ । सडकलाई पिच र मर्मत गर्ने नाममा निर्माण भईसकेका पक्की सडक समेत खनिएको छ ।सडकमा उड्ने धुलोको कारण अहिले सवारी चालकहरुले दिनमै वतीवालेर हिड्नु पर्ने आवस्था छ ।निर्माणीधन अवस्थामा रहेको विराटनगर सहरमा अहिले ट्राफिक प्रहरीलाई ट्राफिक व्यावस्थापन गर्न समते हम्मे हम्मे भएको छ । चौतर्फी रुपमा भईरहेको निर्माणको कामले गर्दा अहिले विराटनगरमा ट्राफिक व्यास्थापन गर्न कठिन्याई र चुनौति भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मदन गिरि वताउनु हुन्छ ।

बिकाससँग सरोकार राख्ने जस्तोसुकै क्रियाकलापलाई सकारात्मक लिनुपर्दछ तर योजनाबिनै गरिने विकास निर्माणको कामले विनास पनि उत्तिकै निम्त्याउछ भन्ने बुझ्न जरुरी छ । एकैपल्ट चौतर्फी रुपमा थालिएको निर्माणको कार्यले विराटनगरको सम्पूर्ण सडक तथा संरचनालाई अस्तवस्त वनाएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ अनुसार पछिल्लो छ महिनामा जिल्लामा  साना तथा ठुला दुर्घटना समेत ह्वातै बढेको छ । पछिल्लो ६ महिनाको तथ्याङमा मात्रै ३ सय ३२ जना दुर्घटना परिसकेका छन् जसमध्ये २७ जनाले ज्यानसमेत गुमाएका छन् । पछिल्लो छ महिनाको तथ्याङ अनुसार दैनिक एक जना दुर्घटनामा परी मुत्यु हुने गरेको छ ।

 

By:

2 months ago | स्वास्थ्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News