आषाढ़-१५-२०७४

धनकुटामा पानी घट्टाबाट बिजुली

भीम मल्ल, ८ वैशाख धनकुटा । न्यून भोल्टेज र अनियमित बिद्युत् सप्लाईका कारण ग्रामिण क्षेत्रका उपभोक्ता आजित बनिरहेका बेला धनकुटाको केहि गाविसका बासिन्दाले भने स्थानीय खोलाको पानीबाटै कुटानी पिसानी मिल चलाएर भरपुर फाइदा लिइरहेका छन् । स्थानीय लेगुवा खोलाको पानी प्रयोग गरि मिल संचालनमा ल्याइए पछि धनकुटाको मारेककटहरे, लेगुवा, जीतपुर र चानुवा लगायत गाविसका बासिन्दाले सस्तोमा कुटानी पिसानी सेवा पाएका छन् ।

 

चामल, चिउरा, पिठो पिस्न र तेल पेल्न इन्धन र बिजुलीको भर पर्नु नपर्ने भएपछि उर्जा र स्थानीयको समय बचतमा सहयोग पुगेको छ । चामल, चिउरा, पिठो पिस्न र तेल पेल्न अधिकतम प्रतिकिलो ६ रुपैयाँ शुल्क तिर्नु पर्ने उपभोक्ताले बताएका छन् । यो अन्य इन्धन र बिजुलीबाट चल्ने मिलमा भन्दा ८० प्रतिशत सस्तो हो । मारेककटहरे, लेगुवा, जीतपुर र चानुवा क्षेत्रमा कुटानी पिसानी र काठका सामग्रि कँुद्ने तीन वटा परम्परागत वाटर टर्वाइन संचालनमा छन् ।जसका कारण स्थानिय बासिन्दाले आर्थिक लाभ लिनुका साथै लामो दुरी हिड्नुपर्ने बाध्यता हटेको हो ।

By: शशी शेखर घिमिरे

2 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!