बैसाख-१६-२०७४

चुनावको तीव्र तयारीमा रसुवाको निर्वाचन

  • चुनावको तीव्र तयारीमा रसुवाको निर्वाचन

७ बैशाख ,रसुवा ।बैशाख ३१ गते घोषणा भएको स्थानिय तहको निर्वाचनको मिति नजिकिए सगै मुलुकभर निर्वाचनको रौनक छाएको छ । रसुवा जिल्लामा पनि निर्वाचनको तयारी तीव्र बनेको छ । राजनीतिक दलहरु जनमत आफ्नो पक्षमा पार्नका निम्ति प्रचार प्रसार र सभा सम्मेलन गर्न व्यस्त छन्।

 

झण्डै दुइ दशक पछि हुन लागेको स्थानीय तहको निवार्चनको मिति नजिकिए सँगै यतिबेला गाउँदेखि शहरसम्म जताततै चुनावकै लहर चलेको छ ।यस्तै चुनावको यो लहरले भूकम्पले क्षतिग्रस्त भएको रसुवा जिल्ला समेत अछुतो रहन सकेन ।स्थानिय तहको निवार्चनको मिति नजिकिएसँगै यतिबेला रसुवा जिल्लामा समेत धमाधम निवार्चनको तयारी भइरहेको छ ।

 

निवार्चनमा सहभागि राजनीतिक दलहरु जनमत आफ्नो पक्षमा पार्नको निमित्त प्रसार प्रचार लगायत सभा सम्मेलन गर्नमा व्यस्त छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति चुनावलाई भव्य र सभ्य रुपमा सफल पार्नका निमित्त सुरक्षा व्यवस्था,मतदान केन्द्र व्यवस्थापन लगाएतका कार्यमा लागि परेका छन् ।

 

यतिबेला रसुवामा निवार्चनको तयारी तिब्र रुपले अगाडि बढिरहेको छ ।सुरक्षाका लागि निवार्चनमा आवश्यक पर्ने म्यादि प्रहरी भर्ना गरेर धमाधम तालिम समेत भैरहेको छ । त्यस्तै रसुवामा मतदान केन्द्र र मतदान स्थल समेत निर्धारित भैसकेको छ । ५ वटा गाउ पालिका रहेको रसुवामा ४२ वटा मतदान स्थल र ३४ वटा मतदान केन्द्र निर्धारित गरिएको छ ।

 

रसुवा जिल्लाका स्थानिय मात्रै होइन, स्थानीय तहको निवार्चनलाई लिएर जिल्लाका जनता उत्तिकै उत्साहित छन् । त्यसैले अब सरकारले आन्दोलनमा रहेको राजनितिक दलहरुलाईसहमतिमा ल्याएर तोकिएकै समयमा निवार्चन सम्पन्न गर्नु पर्छ । 

By:

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News