बैसाख-१६-२०७४

राप्रपाद्वारा पूर्व घोषित बिरोध कार्यक्रम स्थगीत,निर्वाचनका लागी तीव्र तयारी

  • राप्रपाद्वारा पूर्व घोषित बिरोध कार्यक्रम स्थगीत,निर्वाचनका लागी तीव्र तयारी

७ बैशाख ,काठमाडौं ।स्थानीय तहको निर्वाचन अनुकुलको वातावरण बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एक कदम अगाडि बढेको छ ।निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानवाट सनातन हिन्दु राष्ट्र र राजतन्त्र सहितको लोकतन्त्र हटाउने निर्णय गरेपछि आन्दोलित राप्रपाले आयोगले हाललाई यो निर्णय थाती राख्ने भनेपछि आन्दोलनका कार्यक्रम स्थगीत गर्दै निर्वाचनको वातावरण बनाउन अघि बढेको हो ।

 

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्र यसबारेमा निर्णय गर्ने बताएको छ । निर्वाचन आयोगले राप्रपाकोे विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाएपछि राप्रपा त्यसविरुद्ध आन्दोलन गर्दै आएको थियो । उसले आयोगलाई निर्णय सच्चाउन माग गर्दै बैशाख ८ गते देशभरका निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम राखेको थियो । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन कुनै बहानामा टार्ने वा सार्ने काम नहोस भनेर सर्वसाधारणले खवरदारी गरीरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्थानीय तह निर्वाचनकालागि आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने बताएको छ।

 

राप्रपाले पूर्ववत निर्णय स्थगित गर्दै स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको बिषय थाँतीमा राख्ने  निर्णय गरेकाले हाललाई संघर्षको कार्यक्रम  स्थगित गरेको हो । यद्दपि पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्णरुपमा नसच्याइएसम्म राप्रपाको अडान कायमै रहने र आगामी चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाउने राप्रपाले जनाएको छ । 

By:

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News