बैसाख-१६-२०७४

पुल नहुँदा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य

  • पुल नहुँदा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य

७ बैशाख ,रौतहट ।राकेश यादव ।रौतहटको बडर्हवामा रहेको बागमती नदीमा पुलको अभाव रहेको छ । वारिपारि आउन जान सर्वसाधारणलाई निकै कठिनाइ हुने गरेको छ । अलिकति भएपनि वारपारका लागि सहज बनाउन जिल्ला बिकास समितिले ठेक्का लगाएको दुइ वटा डुंगा नै उनीहरुको विकल्प बनेको छ । 

 

यो बागमति नदि हो । नेपालकै ठूला नदीहरु मध्ये यो एक हो । रौतहटको वर्डहवामा बागमती नदी वारपार गर्न निकै कठिन हुने गरेको छ । नदीमा पुल छैन । नदी वारपार गर्न निकै कठिनाई भोग्न बाध्य छन्, सर्वसाधारण । रौतहटको सदरमुकाम गौरदेखि करिब १० किलोमिटर टाढा रहेको सो वर्डवाको ४,५,६ र ७ नम्वर वडाका हजारौ बासीन्दाहरु बागमतीनदी पारी सर्लाही जिल्ला तर्फ छन् ।

 

खेतमा काम गर्न दिउँसो डुंगा संचालन हुने भएपनि रातिको समयमा बिरामी भए अथवा कतै जानु परेमा धेरै समस्या रहेको स्थानियले गुनासो गरेका छन ।बागमती पारी सो गाउमा करीव तीनसय घर रहेको छ । डुंगा पुरोनो भैसेकाले एकै पटक धेरै यात्रु चढाउँदा जोखिम हुने गरेको बडहवाका स्थानिय सुखा हजारीले बताए ।

 

नदिमा पानि आएका बेला कुनै सानो कामकालागी तिन घण्टा भारतको बाटो जानु पर्ने बाध्यता रहेको छ । चुनावको बेला नेताहरु गाउमा भोट माग्न आउने गरेको भएपनि त्यस पछि कुनै नेता गाउ नआएको र बर्षौदेखीको समस्या समाधान तर्फ कसैले ध्यान नदिएको गाउलेले गुनासो गर्दै आएका छन ।

By:

1 week ago | अन्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News