आषाढ़-१५-२०७४

स्थानीय तहको निर्वाचनमा जुट्न सवै पक्षलाई सभामुखको आग्रह

  • स्थानीय तहको निर्वाचनमा जुट्न सवै पक्षलाई सभामुखको आग्रह

७ बैशाख ,काठमाडौं ।सभामुख ओनसरी घर्तीले जनताको त्याग र बलिदानको परिणामलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन अनिर्वाय भएको बताउनुभएको छ । 


बिहीबार राजधानीमा राष्ट्रिय सूचना आयोगले गरेको कार्यक्रममा सभामुख घर्तीले जनताको बलिदानलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै सवै पक्षलाई निर्वाचनमा जुट्न आग्रह गर्नुभयो । उहाँले सूचना प्रवाहका लागि सूचना अधिकारी वाहेक नागरिक सचेतक, नागरिककमीर्, वुद्धिजिविहरुको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

 

उहाँले स्थानीय तहको निर्वाचनपछि दलित, महिला, अल्पसङ्ख्यक तथा सर्वसाधारणको सिंहदरबारमा पहँुच पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले मुख्य सूचनाको केन्द्र सिंहदरबार नै भएकाले पत्रकार तथा सर्वसाधरण सहजै सिंहदरबार प्रवेश पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

 

By:

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News