श्रावण-७-२०७४

मतपत्र छपाइ अन्तिम चरणमा:आयुक्त डा. यादव

  • मतपत्र छपाइ अन्तिम चरणमा:आयुक्त डा. यादव

७ बैशाख ,काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीयको तह निर्वाचनमा आवश्यक पर्ने मतपत्र बिहीवार रातीसम्म छापिसक्ने जानकारी दिनुभएको छ । 

 

बिहीबार राजधानीमा आयोजित स्थानीय शासन प्रक्रियामा महिलाहरुको नेतृत्व र प्रतिनिधित्व सवलिकरण सम्बन्धि राष्ट्रिय सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले मतपत्रको छपाईको काम सकिएपछि जिल्ला–जिल्लामा पठाईने जानकारी दिनुभयो । उहाँले महिलामैत्री मतदान केन्द्र स्थापना गराउनका लागि निर्वाचन अधिकृतहरुलाई आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा सभामुख ओनसरी घर्तीले महिलाको सहभागितालाई आरक्षणको रुपमा लिने गरेकाले निर्णायक तहमा महिलाको सहभागिता हुननसकेको बताउनुभयो । उहाँले विभेद र राजनीतिक असमानताको कारणले नेतृत्व तहमा महिलाहरुको सहभागिता कम भएको बताउनुभयो ।


स्थानीय तह निर्वाचन मार्फत ७ सय ४४ वटा स्थानीय तहबाट १३ हजार ३ सय ६० महिलाहरु विभिन्न पदमा निर्वाचीत हुने संवैधानीक व्यवस्था छ ।

By:

3 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News