बैसाख-१६-२०७४

मौसम परिवर्तन भएसंगै सिरहाको सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै

  • मौसम परिवर्तन भएसंगै सिरहाको सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै

७ बैशाख ,सिरहा ।मौसम परिवर्तन भएसंगै सिरहाको सरकारी अस्पताल रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा बिरामीको संख्यामा बृद्धि भएको छ । 

 

निमोनिया, डाईरीया, टाईफाईडको बिरामीको संख्या बृद्धी भएको अस्पतालका निमित्त मेडिकल सुपरीडेन्ट डाक्टर सुनिल कुशवाहाले जानकारी दिनुभएको छ । डाईरीया र निमोनियाका बिरामीहरु मध्ये ६ महिना देखि ५ बर्ष मुनीका बालबालिकाहरु बढी मात्रामा प्रभाबित भएकोउहाँले वताउनुभयो ।

 

सिरहा सप्तरी लगायत उदयपुरबाट समेत बिरामीहरु आउने गरेको अस्पतालमा ६ जना मात्रै चिकित्सक रहेकोभन्दै बिरामीको संख्यामा बृद्धी भएकोले १५ देखी १६ जना डाक्टरको आब्यश्यकता रहेको बताउनु भएकोछ ।


१५ शैया बेडकोस्वीकृती भएको यस अस्पतालमा बिरामीको संख्या बृद्धी भएका कारण अस्पताल बिकास समिति ले ५० वटा बेडको ब्यवस्था गरेको लहान अस्पताल बिकास समतिका अध्यक्ष फुलेश्वर महतोले बताउनु भयो ।

By:

1 week ago | स्वास्थ्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News