आषाढ़-१५-२०७४

काभ्रे घटनाका पीडितलाई दश लाख दिने सरकारको निर्णय

  • काभ्रे घटनाका पीडितलाई दश लाख दिने सरकारको निर्णय

७ बैशाख ,काठमाडौं । बिहीबार बिहान प्धानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पीडित परिवारलाई दश–दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाइलीले जानकारी दिनुभयो ।

 

सरकारले मन्त्री श्रीपाइलीको संयोजकत्वमा काभ्रे हत्याको छानबीन र राहत सिफारीसका लागि समिति गठन गरेको थियो । समितिमा गृह मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य थिए । मन्त्री श्रीपालीको संयोजकत्वको समितिले मृतकका बालबालिकालाई निशुल्क शिक्षा दिने प्रवन्ध गर्न पनि सिफारीस गरेको थियो ।

सोहै अनुसार मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयलाई सो व्यवस्था मिलाउन र मृतकको शव परिवारलाई हस्तान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

By:

2 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!