बैसाख-१६-२०७४

डिपिएलःरुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै चौराहा धनगढी फाइनलमा

  • डिपिएलःरुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै चौराहा धनगढी फाइनलमा

७ बैशाख ,धनगढी ।धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल पुगेको छ । दोश्रो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो ।

 

सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सम्पन्न खेलमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको रुपन्देही १५ दशमलब २ ओभरमा ८० रनमै समेटिएपछि धनगढीले फाइनलमा स्थान बनाएको हो । रुपन्देहीका ब्याट्सम्यनहरु चल्न नसकेको खेलमा कृष्ण कार्की र राजेश पुलामी मगरले समान १४ तथा पुष्प थापाले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् । 

 

रुपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले १४ र पुष्प थापाले १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

 

उसका लागि कप्तान पारस खड्काले सर्वाधिक ६७ रन बनाए । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाएका हुन । यस्तै राजु रिजालले २५, अनिल मण्डलले १३, अमर रौतेलाले २४ रनको योगदान दिए ।

यस्तै विष्फोटक व्याटिङ गरेका सौरभ खनालले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन जोडे । रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुषाल र शाहब आलमले एक एक विकेट लिए । धनगढीले अब उपाधिका लागि विराटनगर किंग्ससँग खेल्नेछ ।

By:

1 week ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News