बैसाख-१६-२०७४

नयाँ शक्तिले निर्वाचन र आन्दोलनको एजेण्डा सँगसँगै अघि बढाउने

  • नयाँ शक्तिले निर्वाचन र आन्दोलनको एजेण्डा सँगसँगै अघि बढाउने

७ बैशाख ,काठमाडौं । नयाँ शक्ति पार्टी नेपालको केन्दीय कार्यकारणी परिषद्को बुधबारबाट काठमाडौमा सुरु भएको बैठकमा संयोजक डाक्टर बाबुराम भट्टराईले यस्तो जानकारी दिनुभएको हो । त्यस्तै नयाँ स्थापित पार्टीलाई नयाँ चिन्ह नदिने निर्वाचन आयोगको सिण्डीकेडका बिरुद्ध पनि पार्टीले नयाँ रणनीतिका साथ आन्दोलन अघि बढाउने भट्टराईले जानकारी दिनुभयो । वैठकले दलीय चिन्हका लागि भएको आन्दोलनको समीक्षासहित चुनावी तयारीका विषयमा महत्वपूर्ण निर्णय लिने बताइएको छ ।
 

यस्तै नयाँ शक्तिका नेताहरुले डाक्टर भट्टराईलाई स्थानीय तहको निर्वाचनपछि गर्दा राम्रो हुने सुझाव दिनुभएको छ । नयाँ शक्तिका नेताले डाक्टर भट्टराईसँगको अनौपचारिक छलफलमा यस्तो सुझाव दिएको एक नेताले बताए । यादव नेतृत्वको गठबन्धनका राजनीति मागमा नयाँ शक्तिले ऐक्यबद्धता जनाएको छ ।

By:

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News