आषाढ़-१५-२०७४

सिन्धुलीमा बोलेरो दुर्घट्ना दुईको मृत्यू, आठ घाइते

  • सिन्धुलीमा बोलेरो दुर्घट्ना दुईको मृत्यू, आठ घाइते

 

 

राजन विक ६, बैशाख सिन्धुली ।

बीपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका २ पीपलभन्ञ्याङमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यू हुनुका साथै आठ जना घाइते भएका छन् । काठमाण्डौंबाट महोत्तरीको बर्दीवास तर्फ आउँदै गरेको ना१ज ५४४४ नम्बरको रातुकमला यातायातको बोलेरो दुर्घट्ना हुँदा दुई जनाको घट्ना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको हो । दुर्घटना बुधबार राती करिब ८ बजे भएको हो ।

 

मृतकको सनाखत हुन सकेको छैन् । मृतकको शव जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएको छ । घाइते मध्य पाँच जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरुमा धनुषा जिल्ला घरहुने दिपनारायण यादव, अस्विन यादव, रोकश यादव,सुरेन्द्रकुमार राई र रामबरण मण्डल रहेका छन् । उनिहरुलाई सिन्धुली अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौं तर्फ लैजाने तयारी भएको सिन्धुलीका प्रहरी प्रमुख उमासंकर पंजियारले बताए र अन्य तिन जना घाइतेलाई उपचारका लागि महोत्तरीको बर्दीवास पठाइएको छ ।

 

मत्यू हुनेहरुको पहिचान गर्नेकार्य भइरहेको छ । घट्नाबारे विस्तृ विवरण आउँन बाँकी नै रहेपनि धनुषाबाट बैदेशिक रोजगारका लागि हिडेका सबै युवाहरु सोबारमात्र फ्ल्याइट हुने भएपछि घर फर्केको बताइएको छ ।

By: शशी शेखर घिमिरे

2 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!