आषाढ़-१५-२०७४

माउन्टेन टेलिभिजन प्रतिष्ठानद्वारा नयाँकार्य समिति चयन

  • माउन्टेन टेलिभिजन प्रतिष्ठानद्वारा नयाँकार्य समिति चयन

राधिका जोशी ७ बैशाख,ललितपुर । नेपाल पत्रकार महासंघ माउन्टेन टेलिभिजन प्रतिठानले नयाँकार्य समिति चयन गरेको छ । बिहिबार माउन्टेन टेलिभिजनको कार्यालय कुपन्डोलमा कार्यबाहक अध्यक्ष शशीशेखर घिमिरेको अध्यक्षतामा बसेको साधारण सभाबाट अध्यक्ष रामेश्वर सापकोटा सहित नौ सदस्यीय कार्य समीति चयन भएको हो । सो अवसरमा महासंघका केन्द्रीय प्रतिनीधि सुरज आचार्यले व्यवसायीक पत्रकारीताको विकासमा जोड दिनुभयो ।

 

यस्तै माउन्टेन टेलिभिजनका समाचार निर्देशक केदार काइरालाले संचार माध्यममा लगानी गर्ने लगानीकर्ता र श्रमजीवि पत्रकार दुवैको हितलाई समेटेर अघि बढ्नुपर्ने खाँचो औल्याउनु भयो । कार्यक्रममा संघका अर्का केन्दीय प्रतिनीधि रोशन पुरीले संचारकर्मीले आफ्नो दायीत्व निर्वाह गर्दा अधिकार र कर्तव्य दुवैको ख्याल गर्नुपर्ने वताउनुभयो । उहाँले हरेक संचार माध्यमले श्रमजीवी पत्रकार ऐनले लागु गरेको न्यूनतम पारीश्रमीक लागू गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 

नवनिर्वाचीत अध्यक्ष रामेश्वर सापकोटाले आफुले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने उल्लेख गर्दै न्यूनतम पारिश्रमीक लागू गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साधारणसभाले आठ जना केन्द्रिय र दश जना प्रदेश पार्षद चयन गरेको छ । केन्द्रिय पार्षद तर्फ केदार कोइराला,शशीशेखर घिमिरे, रमेश जम्केटल,मञ्जु कार्की,प्रतिक्षा शर्मा, दिनेश रजक, सचिन परियार र रामचन्द्र अर्याल तथा प्रदेश तर्फ बालकृष्ण प्रसाद, राधिका जोशी,श्रद्धा कोइराला, सुमन भण्डारी,दिनेश श्रेष्ठ,अनिता आर्चाय, मिलन थापा,विनिता केसी,विकास लामिछाने र उत्तम फूयाँल चयन भएका छन् ।

By: शशी शेखर घिमिरे

2 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!