आषाढ़-१५-२०७४

डिपिएलः विराटनर पुग्यो फाइनलमा, रुपन्देही २९ रनले पराजित

  • डिपिएलः विराटनर पुग्यो फाइनलमा, रुपन्देही २९ रनले पराजित

६ बैशाख ,काठमाडौं ।  विराटनगर किंग्स धनगढी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

 

१ सय २९ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही निर्धारित २० ओभरमा ९९ रन  जोड्दा अलआउट भयो।रुपन्देहीलाई लक्ष्य भेट्न नदिने क्रममा सुशील कंडेलले ४, सन्दीप लामिछानेले २ तथा पवन सर्राफ, जितेन्द्र मुखिया, दीपेन्द्र ऐरी र प्रकाश विष्टले १-१ विकेट लिए। रुपन्देहीका लागि विक्रम शोबले २३ र पुष्प थापाले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

 

यसअघि आशिफ शेखको ३६, शरद भेषावकरले २४, पवन शर्राफले १५, दीपेन्द्र ऐरीले १३ र अमित श्रेष्ठले १० रन जोडे। शक्ति गौचनले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए।खेलमा ४ विकेट लिदै बिराटनगरको जितमा नायक बनेका शुसिल कँडेल म्यान अफ द म्याच चुनिए ।

 

अब रुपन्देहीले फाइनल प्रबेशका लागि एलिमिनेटर खेलको बिजेतासँग प्रतिष्पर्धा गर्ने छ ।रुपन्देही र विराटनगर प्रतियोगितामा पहिलो र दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । पराजित भएको रुपन्देहीले अब एक पटक प्लेअफ खेल्न पाउने छ । 

By:

2 months ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News