बैसाख-१६-२०७४

राष्ट्रपति भण्डारीसँग मोदीले भने– 'नेपालको हित बाहेक केही सोच्या छैनौं'

  • राष्ट्रपति भण्डारीसँग मोदीले भने– 'नेपालको हित बाहेक केही सोच्या छैनौं'

नयाँदिल्ली (भारत), वैशाख ६ – मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार बेलुका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण तथा समग्र विकासका परियोजनाहरु चाँडोभन्दा चाडो पूरा होस् भन्ने भारत सरकार र आफ्नो व्यक्तिगत चाहनासमेत भएको बताउनुभएको थियो । 

लोकतन्त्रको सुदृढीकरणमार्फत नेपाल सम्बृद्धिको बाटोमा अघि बढोस् भन्नाका लागि भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो  । 

भेटमा राष्ट्रपति भण्डारीले सरकारले एक वर्षभित्र गर्न लागेको तीन तहको चुनावले संविधानको मर्मअनुरुप समावेशीता र सहभागितालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेपाल र नेपाली नागरिकलाई आवश्यक पर्दा भारत सधैँ अगाडि आएको भन्नुहँुदै नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद दिनुभयो । रासस

By: रामचन्द्र अर्याल

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News