आषाढ़-१५-२०७४

नेपाल भित्रिने सवारी साधनहरु भंसार जांचपास नभएर भारतिय सिमामै अलपत्र

  • नेपाल भित्रिने सवारी साधनहरु भंसार जांचपास नभएर भारतिय सिमामै अलपत्र

५ बैशाख,अनुप तिवारि ।वीरगंज ।सिमावर्ती रक्सौलको डंकन होस्पिटल देखी पन्टोका गाउसम्मको सडक छेउका जग्गामा नेपाल भित्रिने जिप, कार, भ्यान र बस ट्रकका चेसिसले भरिभराउ देखिन्छ । भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका ३ सय बढी जिप, कार, भ्यानहरु यहाँ महिनौंदेखी अलपत्र अवस्थामा थन्किएर रहेका छन ।


वीरगंज भारत तथा तेस्रो मुलुकबाट सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका हो । गत आर्थिक वर्षको साउनदेखी चैतसम्मको ९ महिनामा १ हजार १ सय जिप र कार आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधीमा मात्र ३ सय ३६ वटा कार र जिप भित्रिएको छ । त्यसैगरि गत वर्ष शुरुको ९ महिनामा ७ सय ५ वटा बस ट्रक चेसिस भित्रिएको थियो भने यस वर्ष मात्र २ सय ५२ वटा बस ट्रक चेसिस मात्र भित्रिन सकेको छ । बैंकको चर्को व्याज तथा लगानीमा गरेको कडाईका कारण आयातकर्ताले सवारी जाँचपास गराउन चाहेका छैनन् ।


गत वर्ष मधेश आन्दोलन र भारतिय नाकाबन्दीले मन्दी छाएको यो नाका अहिले फेरि वित्तिय संस्थाहरुले देखाएको तरलताका कारण पुनः मन्दीजस्तै बनन पुगेको छ । आयातकर्ताले समावर्ती रक्सौलमा जग्गा भाडामा लिइएर सवारी साधन पार्किङ गरी राखेका छन् । अर्थ मन्त्री कृष्णबहादुर महराले बजेट पूर्व सुझाव संकलन तथा अन्तरकृया कार्यक्रममा बीरगन्ज आउदा बैंकहरुले वित्तिय तरलताको अवस्था कृत्रिम रुपमा खडा गरिएको बताउनुहुदै यसलाई अविलम्ब नियंत्रण गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।


अर्थ मन्त्री बीरगन्जबाट बोलेर पर्किनु भएको पनि दुई साता वितिसक्यो तर अहिलेपनि अवस्था जस्ताको त्यस्तै रहेको छ । यदी साच्ची नै आर्थिक तरलताको अवस्था कृत्रिम हो भने यस्को समाधानका लागि राज्यको आर्थिक संयत्र संचालन गर्ने निकाय जिम्मेवार हुन जरुरी देखिन्छ । 

By:

2 months ago | अर्थ ⁄ वाणिज्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News