आषाढ़-१५-२०७४

डिपिएलः पारसले पुर्‍याए धनगढीलाई प्लेअफमा

  • डिपिएलः पारसले पुर्‍याए धनगढीलाई प्लेअफमा

४ बैशाख,कैलाली । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वको धनगढी टिम चौराह, धनगढी प्ले अफमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा प्रतियोगितामा अपराजित तथा अंक तालिकाको शीर्षस्थानमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै घरेलु टिम धनगढी अन्तिम ४ मा प्रवेश गरेको हो ।


सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै ९१ रन मात्रै बनाउन सक्यो । खराब सुरुवात गरेको रुपन्देहीले १६ रन हुदा चार विकेट गुमाइसकेको थियो । उसका लागि प्रकाश केसीले सर्वाधिक ४९ तथा अन्तिम थापाले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । रुपन्देहीलाई कम रनमा समेट्न धनगढीका लागि ललित राजबंशीले चार विकेट लिए भने सुशान भारी र सौरभ खनालले १/१ विकेट पाए ।

 

९२ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको धनगढीले ११ ओभरमा ४ विकेट गुमाउदै विजय लक्ष्य पुरा ग¥यो । पिडिएलको कुनै पनि खेलमा नचलेका कप्तान पारस खड्का लिग चरणको अन्तिम खेलमा चम्किदै आफ्नो टीमालाई प्लेअफमा पुराउन सफल भए । २१ वलमा ४२ रन हानेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, धनगढीका आरिफ सेखले ९ बलमा १५ तथा राजु रिजाल र अमरसिंह रौटेलाले १३÷१३ रन जोडे । रुपन्देहीका लागि साहद आलमले दुई र कृष्ण कार्कीले १ विकेट लिए ।

 

यसअघि एउटा मात्र खेल जितेको पारस खडकाको कप्तानीमा रहेको टिम चौराहाले प्ले अफमा पुग्न १४ ओभर तीन बलमा जित लक्ष्य भेटाउनु पर्ने थियो । यदि त्यस्तो नभए कञ्चनपुर आइकोनिक प्लेअफमा पुग्ने अवस्था थियो । तर ११ ओभरमै धनगढीले लक्ष्इ भेटाएपछि कञ्चनपुर आईकोनिक समान चार अंक भएपनि रनरेटका आधारमा प्रतियोगितावाट वाहिरीएको छ । अंक तालिकाको पुछारमा रहदै सिवाईसी अत्तरीया यसअघि नै घर फर्किसकेको छ ।

 

यता अंक तालिकामा ५ खेलमा एक खेल गुमाएको रुपन्देही च्यालेन्जर्स ८ अंक सहित शिर्षस्थानमा रहदा ५ खेलमा दुई खेलमा हार व्यहोरेको विराटगर किंग्स दोस्रो स्थानमा रहेको छ । समान चार अंक रहेका काठमाण्डौ गोल्डेन्स तेस्रो र धनगढी टीम चौराह चोथौ हुदै प्लेअफमा पुगेका छन । ४/४ अंक भएपनि रनरेटका आधारमा कञ्चनपुर आईकोनिक पाचौ र सिवाईसी अत्तरीया छैटौ हुदै प्रतियोगितावाट वाहिर भईसकेका छन । लिग अन्तर्गत वैशाख ५ गते कुनै पनि खेल छैन भने ६ गते अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेको रुपन्देही र विराटनगरले फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

विजेता सिंधै फाईनल पुग्नेछ भने पराजित टीमले तेस्रो र चौथो टीमको विजेतासग फाईनल प्रवेशका लागि मौका पाउनेछ । ६ गते नै दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्स र धनगढी टीम चौराह वीच खेल हुनेछ । त्यसको विजेताले ७ गते पहिलो र दोस्रो खेलमा पराजित टोलीसग फाईनलका लागि खेल्नेछ । वैशाख ९ गते सकिने धनगढी प्रिमियर लिगको विजेताले १५ लाख र उपविजेताले ७ लाख नगद पाउनेछन ।

By:

2 months ago | खेलकुद

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News